गृहमन्त्री गुरुङको वरीयता पाँचौ नम्बरमा

अनलाइनसमय |
२४ चैत २०८२
गृहमन्त्री गुरुङको वरीयता पाँचौ नम्बरमा

काठमाडौं, २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिस अनुसार मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रममा परिवर्तन गरेका छन् । यो निर्णय नेपालको संविधानको धारा ७६(९) को दायित्वअनुसार गरिएको हो ।

नयाँ मर्यादाक्रमअनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाँचौं स्थानमा सरिएका छन् । दोस्रो स्थानमा रहेका डा. स्वर्णिम वाग्ले यथावत् रहेका छन् । नयाँ सूचीमा तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथो स्थानमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस