काठमाडौं, २३ चैत । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकले नियमावली मस्यौदा समिति गठन गरेको हो ।
संसदको बैठक सञ्चालन गर्ने विधि र प्रक्रिया नियमावलीमा गरिएको हुन्छ । समितिको सभापतिको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले पाएका छन् । समितिलाई काम सुरू भएको १४ दिनभित्र कार्य सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।
समितिमा डा. ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द सुनुवार, खुस्बु ओली, गजला शमीम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई सदस्य छन् । यस्तै, बलावती शर्मा, मधु चौलागार्ईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुुलभ खरेल सदस्य छन्