काठमाडौं, २२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार दिउँसो शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका थिए ।
शपथ समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह, उपराष्ट्रपति रामसहायप्रसाद, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्राद दाहाल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललगायतको सहभागिता थियो ।