काठमाडौं २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार (चैत २२) भएको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्यालको निर्विरोध निर्वाचन घोषणा गरेका हुन् ।
सभामुख निर्वाचनको प्रस्ताव रास्वपाका सभापति रवि लामिछानेले पेस गरेका थिए । प्रस्तावमा स्वर्णिम वाग्ले र सोविता गौमतले समर्थन जनाउँदै आफ्नो धारणा राखेका थिए । त्यसपछि केसीले औपचारिक रूपमा अर्यालको निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।