सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी

अनलाइनसमय |
२० चैत २०८२
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी

काठमाडौं, २० चैत । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले मनोनयन दर्ता गराएका छन् ।

उनको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् । समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् ।

सभामुख पदको निर्वाचनमा चैत २२ गते हुँदैछ । त्यसका लागि संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।

रास्वपा २ तिहाइ नजिक भएकाले सभामुखमा अर्को उम्मेदवारी पर्ने सम्भावना छैन । अर्याल सम्भवतः निर्विरोध निर्वाचित हुने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस