प्रदेश संरचना खारेज गर्ने भए दुईतिहाइ पुर्‍याउन तयार छौं : ज्ञानेन्द्र शाही

अनलाइनसमय |
१९ चैत २०८२
प्रदेश संरचना खारेज गर्ने भए दुईतिहाइ पुर्‍याउन तयार छौं : ज्ञानेन्द्र शाही

काठमाडौं, १९ चैत । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले आफ्नो दलका पाँच सांसद्ले दुई तिहाइ बहुमत पुर्‍याइदिने बताएका हुन् ।

शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताए ।‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ । राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्‍याउन १८४ चाहिन्छ १८७ हामी पुर्‍याउँछौं,’ उनले भने ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस