प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा

अनलाइनसमय |
१९ चैत २०८२
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा

काठमाडौं, १९ चैत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य सुदन किरातील राजीनामा दिएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएको स्रोतले बताएको छ । तर, उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किरातीले पार्टी परित्याग गरेर प्रलोपामा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस