संसद्को पहिलो अधिवेशन आजदेखि

अनलाइनसमय |
१९ चैत २०८२
संसद्को पहिलो अधिवेशन आजदेखि

काठमाडौं, १९ चैत । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बस्ने तय गरिएको हो ।

संघीय संसद्अन्तर्गतको माथिल्लो सदन राष्ट्रियसभाको बैठक भने संघीय संसद् सचिवालय परिसरमा रहेको राष्ट्रियसभा कक्षमा सञ्चालन हुनेछ ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ । निर्वाचन आयोगले चैत ५ गते प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिसकेको थियो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विभिन्न दलहरूको उपस्थिति रहेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२ सांसद, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेकपा का १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र एक स्वतन्त्र सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस