नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातको समयमा बन्द हुने

अनलाइनसमय |
१७ चैत २०८२
नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातको समयमा बन्द हुने

काठमाडौं, १७ चैत । नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आजदेखि चैत १९ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिने जानकारी दिएको छ ।

चितवन इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न लागिएकोले उक्त सडकखण्ड बन्द गरिएको कार्यालयले जनाएको छ ।

पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस