कुवेतको ऊर्जा प्लान्टमा इरानी आक्रमण, एक भारतीयको मृत्यु

अनलाइनसमय |
१६ चैत २०८२
कुवेतको ऊर्जा प्लान्टमा इरानी आक्रमण, एक भारतीयको मृत्यु

काठमाडौं, १६ चैत । इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो ।

कुवेतको विद्युत तथा जल मन्त्रालयले ‘पावर डिसेलिनेशन प्लान्ट’ मा भएको आक्रमणमा एक भारतीय कामगारको मृत्यु भएको जानकारी दिएको छ ।

उक्त आक्रमणका कारण विद्युत तथा जल प्रशोधन (डिसालिनेशन) केन्द्रमा ठूलो क्षति पुगेको बताइएको छ । मन्त्रालयका अनुसार अत्यावश्यक सेवावा निरन्तर सञ्चालनमा राख्न प्राविधिक टोलीहरूले काम गरिरहेको बताएको बीबीसीमा उल्ल्ेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस