बंगलादेशको ५५औँ स्वतन्त्रता दिवस सम्पन्न

अनलाइनसमय |
१५ चैत २०८२
बंगलादेशको ५५औँ स्वतन्त्रता दिवस सम्पन्न

काठमाडौंं । नेपालस्थित बंगलादेश दूतावासले बंगलादेशको ५५औँ स्वतन्त्रता तथा राष्ट्रिय दिवस भव्यतासँग मनाएको छ । बिहीबार साँझ र्याडिसन होटलमा आयोजित कार्यक्रममा नेपालका उपराष्ट्रपति रामशाह प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख, मन्त्री, राजनीतिक दलका नेताहरू, उच्च सरकारी अधिकारी, नागरिक समाजका सदस्य, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी र नेपालमा बसोबास गर्ने बंगलादेशी समुदायको पनि ठूलो उपस्थिती रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै नेपालका लागि बंगलादेशका राजदूत एमडी शफिकुर रहमानले बंगलादेशको नौ महिनाको स्वतन्त्रता संग्राममा वीरतापूर्वक जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले युद्धकालमा नेपाल सरकार र नेपाली जनताबाट प्राप्त नैतिक तथा भौतिक सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।

राजदूत रहमानले नेपाल–बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा, संस्कृति, शिक्षा, पर्यटन र जनस्तरको सम्बन्ध विस्तार गरेर अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारलाई बधाई दिँदै उनले यस कार्यकालमा दुई देशबीचको सहकार्य नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस