काठमाडौं, १५ चैत । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरूले आज पनि काठमाडौंसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु गरेका छन् ।
काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।
एमालेका कार्यकर्ताहरू हिजो (शनिबार) देखि नै काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए ।