काठमाडौं, १५ चैत । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।
शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान झिसमिसेमै प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।