ओली र लेखक पक्राउ

अनलाइनसमय |
१४ चैत २०८२
ओली र लेखक पक्राउ

काठमाडौं, १४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । ओलीलाई उनको भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको हो ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले दुवै पूर्व उच्च पदाधिकारीविरुद्ध कारबाही थालेको जनाएको छ । गृह मन्त्रालय स्वयं जाहेरीकर्ता बनेर पत्र पठाएपछि जेन–जी आन्दोलन दमनका क्रममा भएको घटनालाई लिएर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो ।

पक्राउ प्रक्रियाका लागि आवश्यक लिखित आदेश जुटाउन प्रहरीको आग्रहपछि गृहसचिव राजकुमार श्रेष्ठ र कानुन सचिव परासर ढुंगाना राति नै प्रहरी प्रधान कार्यालय पुगेका थिए । यसैबीच, सम्भावित संवेदनशीलतालाई ध्यानमा राख्दै उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ । गृहमन्त्री सुधन गुरुङले पनि सुरक्षा निकायका प्रमुखहरूसँग शुक्रबार मध्यरातिसम्म छलफल गरेका थिए ।

कार्की आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरअन्तर्गत कारबाही गर्न सिफारिस गरेको थियो । सोही आधारमा उनीहरूविरुद्ध मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार अनुसन्धान अघि बढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस