बालेनलाई बधाई दिँदै बस्नेतले भने : अवसरसँगै चुनौती पनि छन्, समालिएर अघि बढ्नुहोला

अनलाइनसमय |
१३ चैत २०८२
बालेनलाई बधाई दिँदै बस्नेतले भने : अवसरसँगै चुनौती पनि छन्, समालिएर अघि बढ्नुहोला

काठमाडौं, १३ चैत । नेकपा एमालेका सचिव महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । उनले नयाँपन, युवा नेतृत्व स्वागतयोग्य भन्दै आजको दिन आशा र परीक्षाको रुपमा रहेको बताएका छन् ।

‘नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उनले भने, ‘नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ । आजको दिनमा युवा मन्त्री मण्डल आशा पनि र परीक्षा पनि हो ।’

उनले देशले अवसर दिएको भन्दै जिम्मेवारी प्रमाणित गर्ने पालो नयाँ सरकारको काँधमा आएको बताए । अवसरसँगै चुनौतीहरू रहेको भन्दै अनुभवको कमीलाई सिकाइ र परिपक्क निर्णयबाट पूर्ति गर्दै सम्हालिएर अघि बढ्न सुझाव दिएका छन् ।

‘अबसर सँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुन्छन् । अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्दै, हरेक कदम समालिएर अघि बढ्नुहोला,’ उनले भनेका छन, ‘स्थिरता, विकास र समृद्धिको जनताको एजेन्डा पुरा गर्न यो टिमले परिणाम दिन सक्नुपर्छ ।’

उनले सत्ता अवसर नभई उत्तरदायित्व हो मन्ने मनन् गर्न पनि भनेका छन् । ‘सकरात्मक निर्णय र पहलको निमित्त साबधानी सहित साथ र सहयोगी भुमिकामा हुनेछौं, हार्दिक शुभकामना,’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस