काठमाडौं, १२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरूले शपथ ग्रहण गरेका छन् ।
गत फागुन २१ गते भएको निर्वाचनपछि बुधबार सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद्हरूलाई शपथ खुवाएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । त्यस्तै, ३८ सिटसहित नेपाली कांग्रेस दोस्रो, २५ सिटसहित नेकपा एमाले तेस्रो, १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौथो दल छन् । श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौ र राप्रपा ५ सिटसहित छैटौँ दल भएको थियो ।