शुक्रबार १२:३४ बजे बालेनले प्रधानमन्त्रीको शपथ लिने, सवा २ बजे सिंहदरबार प्रवेश गर्ने

अनलाइनसमय |
११ चैत २०८२
शुक्रबार १२:३४ बजे बालेनले प्रधानमन्त्रीको शपथ लिने, सवा २ बजे सिंहदरबार प्रवेश गर्ने

काठमाडौं, ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन् । शुक्रबार मध्याह्न १२ः३४ बजे शपथ ग्रहणको साइत निकालिएको छ ।

शपथ समारोहलाई विशेष धार्मिक विधिसहित सम्पन्न गर्ने तयारी गरिएको छ । कार्यक्रममा सातवटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकले स्वस्तिवाचन गर्नेछन् । साथै, १६ जना भिक्षुबाट अष्टमंगल पाठ हुने जनाइएको छ ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो । बालेनले झापा क्षेत्र नम्बर–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस