काठमाडौं, १० चैत । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केहीबेरमा पार्टी मुख्यालय सानेपामा सुरु भएको छ । केन्द्रीय कार्यालयमा बसिरहेको कार्यसमिति बैठकमा प्रस्तुत हुने ५ एजेन्डा तय गरिएको छ ।
बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने तयारी गरेको छ । त्यस्तै, १५औं महाधिवेशन तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायत एजेन्डा रहेका छन् ।
सभापति गगन कुमार थापा कप्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका छन् ।