ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि कच्चा तेल फेरि महँगियो

अनलाइनसमय |
१० चैत २०८२
ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि कच्चा तेल फेरि महँगियो

काठमाडौं, १० चैत । इरान युद्धको असरले अन्तर्राष्ट्रिय तेल बजारमा उतारचढाव भईरहेको छ । सोमबार एकैदिन १० प्रतिशतभन्दा बढी गिरेको ब्रेन्ट क्रुडको मूल्य मंगलबार पुनः उकालो लाग्दै प्रतिब्यारल एक सय डलर नाघेको छ ।

मंगलबार बिहान एशियाली बजारमा ब्रेन्ट क्रुड ३.७५ प्रतिशतले बढेर १०३.६९ अमेरिकी डलर प्रतिब्यारल पुगेको बीबीसीले जनाएको छ ।

यसअघि ट्रम्पले तेहरानसँग कुराकानी भएको दाबी गर्दै इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने आफ्नो चेतावनी स्थगित गरेको बताएपछि बजारमा केही समयका लागि मूल्य घटेको थियो ।

तर इरानले उक्त दाबीलाई ‘फेक न्यूज’ भन्दै अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा फेरि अनिश्चितता बढेको छ । त्यसको असरस्वरूप कच्चा तेलको मूल्य पुनः बढेर प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति र इरानका उच्च अधिकारीहरूबीच वार्ताबारे फरक–फरक अभिव्यक्ति आउँदा स्थिति झनै अन्योलपूर्ण बनेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस