काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।
‘अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ?,’ पौडेलले भने ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’
यस्तै, महामन्त्री पौडेलले आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराएका छन् ।