नवनिर्वाचित सांसद्हरूको शपथ ग्रहण १२ गते दिउँसो २ बजे

अनलाइनसमय |
६ चैत २०८२
नवनिर्वाचित सांसद्हरूको शपथ ग्रहण १२ गते दिउँसो २ बजे

काठमाडौं, ६ चैत । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । संघीय सांसद् सचिवालयले आज सूचना जारी गर्दै नवनिर्वाचित सांसद्हरुको शपथ चैत १२ गते बिहीबार दिउँसो २ बजे हुने जानकारी दिएको हो ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुनेछ ।

सचिवालयले शपथ ग्रहणका लागि सहभागी सांसद्हरूलाई निर्धारित समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरेको छ । त्यस्तै, शपथ ग्रहणमा आउँदा सांसद्हरुले केही कागजपत्रसमेत ल्याउनुपर्ने छ । निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो ल्याउनुपर्ने सूचनामा उल्लेख छ ।

शपथ ग्रहणमा आउँदा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन संसद सचिवालयले भनेको छ । नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनेले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रम भन्दा तीन दिन अघि नै संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस