काठमाडौं, ४ चैत । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई बोलाइएको छ । बैठकमा २१ फागुनको चुनावमा पार्टीले भोगेको पराजयबारे समीक्षा हुने बताइएको छ ।
