यो अवसरलाई सदुपयोग गर्न नसके आफैँले आफैँलाई माफ गर्न गाह्रो हुनेछ : डीपी अर्याल

अनलाइनसमय |
३ चैत २०८२
यो अवसरलाई सदुपयोग गर्न नसके आफैँले आफैँलाई माफ गर्न गाह्रो हुनेछ : डीपी अर्याल

काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनताले आफूहरूलाई इतिहास लेख्ने अवसर दिएको बताउँदै त्यसको सही सदुपयोग गर्न नसके भविष्यमा माफ गर्नसमेत गाह्रो हुने बताएका छन् ।

मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अर्यालले इतिहास नवनिर्वाचित सांसदहरूलाई उक्त अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

‘यो इतिहास लेख्ने सुवर्ण अवसर हो । इतिहास लेख्ने मात्रै होइन । हामीले इतिहास लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौं भने सायदै हामीले आफूले आफूलाई माफ गर्न गाह्रो हुनेछ,’ अर्यालले भने ।

यस्तै उनले, अहिलेको गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण रहेको बताए । ‘यो गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण छ,’ उपसभापति अर्यालले भने, ‘हाम्रा हरेक गतिविधिलाई जेनजीहरूले हेर्नुहुनेछ । हामीले त्यसलाई सम्बोधन गरेर जानुपर्नेछ । हामीले आफ्नो इमानदारिता, लगनशीलता र क्षमतालाई राष्ट्र र नेपाली जनतालाई सुम्पिनुपर्नेछ ।’

अर्यालले सबै निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई गम्भीर रुपमा तयारी हुन पनि अनुरोध गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस