रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम सुरु, रवि र बालेन गएनन्

अनलाइनसमय |
३ चैत २०८२
रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम सुरु, रवि र बालेन गएनन्

काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रमको कार्यक्रम उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उदघाटन गरेका हुन् ।

कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका रास्वपा सांसदहरु सहभागी छन् । गत फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट थप ५७ सांसद पाएको छ ।

दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने बताइएको छ ।

कार्यक्रममा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने गएका छैनन् । स्वास्थ्य र कार्यव्यस्तताका कारण कार्यक्रममा रवि र बालेन सहभागी हुन नसकेको उपसभापति अर्यालले जानकारी गराएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस