काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा सदस्यका लागि आज देशभर एकै चरणमा मतदान हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म ७७ वटै जिल्लामा मतदान सञ्चालन हुनेछ ।
प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि प्रतिस्पर्धा भइरहेको छ । कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदानमा सहभागी हुनेछन् । देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् ।
निर्वाचन सुरक्षाका लागि सेना, प्रहरी र म्यादी प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।