काठमाडौं, १३ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।
गृहमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्दै मन्त्रिपरिषद्ले घाइते सुरक्षाकर्मीको उपचार गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
चुनावका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको अर्यालले बताए । त्यस्तै बैठकले निर्वाचनका लागि मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रवक्ता अर्यालले बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गर्ने निर्णय गरेको उल्लेख गरे । यस्तै, सरकारले विक्रम संवत् २०८३ सालका लागि वैशाख १ देखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गरेको प्रवक्ता अर्यालले बताए ।
बैठकले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्राप्त हुने चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णय :

