काठमाडौं, १० जेठ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार बन्ने दौडबाट पछि हटेकी निक्की हेलीले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेकी छन् ।
हेली गत मार्च महिनाको सुरुवातमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । त्यतिबेला उनी ट्रम्पको पक्षमा खुलेकी थिइनन् । उनी ट्रम्प राष्ट्रपति हुँदा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् ।
बुधबार उनले राष्ट्रपतिका अर्का उम्मेदवार जो बाइडनको आलोचना गर्दै ट्रम्पलाई भोट हाल्ने बताइन् । हेलीका समर्थकहरु उदारवादी र स्वतन्त्र भोटरहरु छन् ।