काठमाडौं, ४ फागुन । नेपाल बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि.बीच सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुले अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि २० प्रतिशत छुट पाउने छन् ।
माघ २९ गते सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत श्री दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटल प्रा. लि. को तर्फबाट सञ्चलाक समितिका सदस्य श्री सैलेन्द्र महासेठले हस्ताक्षर गरेका हुन् ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारहरु तथा बैंकमा खाता रहेका ग्राहकहरूले एभरेष्ट हस्पिटल प्रा. लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।