क्यानडाको विद्यालयमा गोलीकाण्ड : ९ जनाको मृत्यु

अनलाइनसमय |
२८ माघ २०८२
क्यानडाको विद्यालयमा गोलीकाण्ड : ९ जनाको मृत्यु

काठमडौं, २८ माघ । क्यानडाको उत्तर–पूर्वी ब्रिटिश कोलम्बियास्थित टम्बलर रिज माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा ९ जनाको ज्यान गएको छ भने २५ भन्दा बढी व्यक्ति घाइते भएका छन् । रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी)लाई उद्धृत गर्दै बीबीसीले उक्त जानकारी दिएको हो ।

प्रहरीका अनुसार विद्यालय परिसरभित्र अन्धाधुन्द गोली प्रहार गरिएको थियो । घटनामा संलग्न रहेको आशंकित व्यक्तिको पनि मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाप्रति क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले गहिरो दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस