अमेरिका – क्यानडा व्यापार युद्ध थप चर्किँदै : विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

अनलाइनसमय |
१६ माघ २०८२
अमेरिका – क्यानडा व्यापार युद्ध थप चर्किँदै : विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं, १६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानडाबाट अमेरिकामा बिक्री गरिने जुनसुकै विमानमा ५० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् ।

यो कदम अमेरिकाको उत्तरी छिमेकी देशसँग चलिरहेको व्यापार युद्धको पछिल्लो चरण हो, जसमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँगको तनाव पनि बढ्दै गएको छ ।

ट्रम्पले गत हप्ता मात्रै क्यानडाले चीनसँग प्रस्तावित व्यापार सम्झौता अघि बढाए १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए, तर उनले आयात कर कहिलेदेखि लागू गर्ने भन्नेबारे कुनै विवरण दिएका छैनन्, जबकि क्यानडाले पहिले नै सम्झौता गरिसकेको थियो ।

ट्रम्पको पछिल्लो धम्कीमा उनले जर्जियाको साभानास्थित गल्फस्ट्रिम एरोस्पेस कम्पनीका जेटहरू प्रमाणित गर्न क्यानडाले अस्वीकार गरेको भन्दै प्रतिशोध लिने बताएका छन् ।

ट्रम्पले त्यसको बदलामा अमेरिकाले क्यानडाका सबै विमानको प्रमाणिकरण रद्द गर्ने बतार्एका छन् । जसमा क्यानडाको सबैभन्दा ठूलो विमान निर्माता कम्पनी बम्बार्डियरका विमान पनि पर्छन् ।

उनले आफ्नो पोस्टमा भनेका छन्, “यदि कुनै कारणले यो अवस्था तुरुन्त सुधार गरिएन भने म क्यानडाबाट अमेरिकामा बेचिने सबै विमानमा ५० प्रतिशत भन्सार शुल्क लगाउनेछु ।” एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस