ल्याण्ड गर्ने क्रममा जहाज दुर्घटनामा हुँदा भारतका उपमुख्यमन्त्री अजितसहित ५ जनाको मृत्यु

अनलाइनसमय |
१४ माघ २०८२
ल्याण्ड गर्ने क्रममा जहाज दुर्घटनामा हुँदा भारतका उपमुख्यमन्त्री अजितसहित ५ जनाको मृत्यु

काठमाडौं, १४ माघ । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का प्रमुख अजित पवारको एक विमान दुर्घटनामा मृत्यु भएको छ ।

बुधबार बिहान पुणे जिल्लाको बारामती नगरमा भएको विमान दुर्घटनामा अजितसहित पाँच मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

अधिकारीहरू तथा नागरिक उड्डयन महानिर्देशनालय (डिजीसीए)का अनुसार भिएसआरद्वारा सञ्चालन गरिएको लियरजेट–४५ (दर्ता नम्बर VT-SSK) विमान बिहान करिब ८ः४५ बजे आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

विमानमा अजित पवारसँगै उनका व्यक्तिगत सुरक्षा अधिकृत, एक सहायक तथा चालक दलका दुई सदस्य—पाइलट–इन–कमाण्ड र फस्र्ट अफिसर—सवार थिए । दुर्घटनामा परेकामध्ये कोही पनि जीवित नरहेको बताइएको छ । यो एक चार्टर विमान थियो, जुन मुम्बईबाट बारामती जाँदै थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले घटनाबारे जानकारी लिन महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीससँग सम्पर्क गरेको राज्य सरकारले जनाएको छ ।

घटनाको जानकारी पाएपछि अजित पवारका सांसद काका तथा शरद पवारकी छोरी सुप्रिया सुले महाराष्ट्रतर्फ प्रस्थान गरेकी छन् । महाराष्ट्रका विभिन्न राजनीतिक दलका प्रमुख नेताहरू पवार निवासतर्फ जुट्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस