सोमबार घट्यो नेप्से सूचक, ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट, १६ अर्बको कारोबार

अनलाइनसमय |
१२ माघ २०८२
सोमबार घट्यो नेप्से सूचक, ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट, १६ अर्बको कारोबार

काठमाडौं, १२ माघ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७६९ दशमलव ०९ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ८८ धितोपत्रको शेयर मूल्य बढ्दा १६५ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३२ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार १३ समूहको उपसूचकमध्ये १० को घटेको छ भने ४ उपसूचक मात्र बढेको छ ।

सोमबार होटेल तथा पर्यटन १ दशमलव २६, म्युचुअल फण्ड शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ११ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले बढेको छ ।

आज फाइनान्स शून्य दशमलव ६३, जीवन बीमा शून्य दशमलव ६१, लगानी शून्य दशमलव ५९, माइक्रोफाइनान्स शून्य दशमलव ५२, अन्य शून्य दशमलव ५१, विकास बैंक शून्य दशमलव ३८, निर्जीवन बीमा शून्य दशमलव ३३, बैंकिङ शून्य दशमलव २३ र व्यापार समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ ।

आज पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सान्भी इनर्जी, एसवाइ प्यानेल नेपाल, माउनटेन हाइड्रो नेपाल, सप्तकोशी डेभलपमेन्ट बैंक र हिम स्टार ऊर्जा रहेका छन् ।

यस्तै नेशनल हाइड्रो पावर ३ दशमलव १२, कालिका पावर २ दशमलव ९६, ज्योती विकास बैंक २ शदमलव ८, सानिमा ग्रोथ फण्ड २ दशमलव ८ र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर मूल्य २ दशमलव ७८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस