काठमाडौं, ८ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ९ दशमलव २३ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ६१ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ८ अर्ब ९८ करोड ३६ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज १६२ धितोपत्रको शेयर मूल्य बढ्दा ८८ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३२ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार १३ समूहको उपसूचकमध्ये ३ वटाको घट्दा १० उपसूचक बढेको छ ।
आज फाइनान्स २ दशमलव ३८, विकास बैंक १ दशमलव ५१, उत्पादन तथा प्रशोधन १ दशमलव ३५, होटेल तथा पर्यटन १ दशमलव २६, हाइड्रोपावर शून्य दशमलव ८६, माइक्रोफाइनान्स र अन्य समूहको समान शून्य दशमलव ३६, निर्जीवन बीमा शून्य दशमलव २३, लगानी शून्य दशमलव ०९ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।
यसदिन व्यापार १ दशमलव १६, बैंकिङ शून्य दशमलव ३१ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।
आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा एसवाइ प्यानल नेपाल, त्रिसुली जल विद्युत्, श्रीनगर एग्रीटेक इन्डस्ट्रीज र कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ ।
यसैगरी कालिका पावर ६ दशमलव २५, सानिमा ग्रोथ फण्ड २ दशमलव ८, मेलुङ खोला जलविद्युत् २ दशमलव २६, फस्ट माइक्रो फाएनान्स लघुवित्त २ दशमलव २६ र गुँरास फाइनान्सको शेयर मूल्य २ दशमलव २४ प्रतिशतले ह्रास आएको छ ।