काठमाडौं, ७ माघ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव ४३ अङ्कले घटेर दुई हजार ७०५ दशमलव ३८ बिन्दुमा कायम भएको हो ।
आज २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९८ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ८२ धितोपत्रको शेयर मूल्य बढ्दा १७४ को घटेको छ । यस्तै ३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२४ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार अन्य समूह शून्य दशमलव २६ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ ।
यसैगरी होटेल तथा पर्यटन १ दशमलव ८८, फाइनान्स १ दशमलव ६७, व्यापार १ दशमलव ३६, म्युचुअल फण्ड शून्य दशमलव ६५, लगानी शून्य दशमलव ६४, विकास बैंक शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, जीवन बीमा शून्य दशमलव ३६, माइक्रोफाइनान्स शून्य दशमलव २५, बैंकिङ शून्य दशमलव १६, निर्जीवन बीमा शून्य दशमलव ३ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।
आज कालिका पावर ९ दशमलव ८४, नारायणी डेभलपमेन्ट बैंक ९ दशमलव १६, रिभर फल्स पावर ५ दशमलव ५, विकास हाइड्रोपावर ४ दशमलव ९८ र मान्डु हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ५८ प्रतिशतले बढेको छ ।
आज गुँरास लघुवित्त ५ दशमलव ८९, मन्जुश्री फाइनान्स ४ दशमलव ६४, एचएलआई लार्ज ४ दशमलव ५, आरबीबी फाइनान्स (४०) ४ दशमलव ३७ र एनएमबी (५०) को शेयर मूल्य ४ दशमलव ३६ प्रतिशतले ह्रास आएको छ ।