सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

अनलाइनसमय |
६ माघ २०८२
सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं, ६ माघ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो, जुन आज नै तोडिएको छ ।

यस्तै आज चाँदी पनि तोलामा ७० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । सोमबार तोलामा ५ हजार ८१० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको चाँदी आज बढेर ५ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस