काठमाडौं, २८ पुस । चालू अर्थिक वर्ष (आव)को मंसिरमा डिजिटल माध्यममार्फत १५० खर्ब भुक्तानी भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिरमा १५० खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ११८ दशमलव ६४ प्रतिशत बढि हो । सो आवको मंसिरमा ६८ खर्ब ७८ अर्ब २५ करोड रुपैयाँ यस्तो भुक्तानी भएको थियो ।
गत मंसिरमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रास सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट १३० खर्ब ९८ अर्ब ९४ करोड रुपैयाँ कारोबार भएको छ । यसपछि मोबाइल बैंकिङबाट ५ खर्ब १६ अर्ब ४९ करोड, इलेक्ट्रोनिक चेक क्लियरिङ (इसिसि)बाट ५ खर्ब ५ अर्ब ५७ करोड र फास्टर पेमेन्ट सिस्टमबाट ४ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी भएको छ ।
कुन प्रणालीबाट कति भुक्तानी ? (रू. १० करोड)मा
