काठमाडौं, २८ पुस । पछिल्लो समय कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै गएको छ । तीन वर्षमा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट गएको कर्जा सात गुणाले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ९ अर्ब १७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन तीन वर्ष अघिको तुलनामा १७ गुणा बढी अर्थात १,७२३ दशमलव ४५ प्रतिशतले बढी हो । आव २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा ५० करोड ३० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो ।
त्यस्तै, गत आवको मंसिरसम्मको तुलनामा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा यस वर्षको सोही अवधिमा गएको कर्जा १९५ दशमलव ३९ प्रतिशतले बढेको । गत आवको पाँच महिनामा यस क्षेत्रमा ३ अर्ब १० करोड ५० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो ।
चालू आवको मंसिर मसान्तसम्ममा यो कर्जा २८ अर्ब ६१ करोड करोड कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
मंसिरसम्ममा कृषि क्षेत्रका फार्मिङ सेवामा २ अर्ब ५९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । त्यस्तै, पशुपालन क्षेत्रमा १ अर्ब ५१ करोड १४ लाख, माछा पालनमा ६४ करोड, चिया क्षेत्रमा ९० लाख र अन्य कृषिका क्षेत्रमा ५ अर्ब २० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।