अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

अनलाइनसमय |
२८ पुष २०८२
अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २८ पुस । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले पुस १४ गते यता दुई साता अवधिमा १ खर्ब १० अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको हो । पुस १४, १६,२० र २२ गते २५÷२५ अर्बको तथा २३ गते २० अर्ब र २४ गते १० अर्बको ऋणपत्र जारी गरेको थियो ।

पछिल्लो समय राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप खिच्न छोडेर मौद्रिक नीतिका उपकरणको रूपमा ऋणपत्र निष्कासनलाई निरन्तरता दिँदै आएको छ ।

आज जारी गरिएको ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । यसको ब्याजदरसमेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।

बोल गर्न सकिने रकम न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ ।
एक वर्षे अवधिको ‘कुल २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितो राखी कर्जा लिन दिन सकिनेछ । अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस