काठमाडौं, २७ पुस । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूको नगद भुक्तानीमा कडाइ गर्दै नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको नगद भुक्तानीको सीमा १० लाख रुपैयाँबाट घटाएर ५ लाख रुपैयाँ कायम गरेको हो । यो नयाँ व्यवस्था आगामी २०८२ माघ १ गतेदेखि लागू हुनेछ ।
नयाँ निर्देशन अनुसार अब कुनै पनि लघुवित्त वित्तीय संस्थाले ५ लाख रुपैयाँ वा सोभन्दा बढीको रकम नगदमा भुक्तानी गर्दा एकाउन्टपेयी चेकको प्रयोग गर्नुपर्नेछ । यस निर्णयको उद्देश्य मनि लाउन्डरिङ्गको जोखिम घटाउने र वित्तीय प्रणालीमा ठुला नगद कारोबारलाई निरुत्साहित गर्नु हो ।
यसअघि १० लाख रुपैयाँसम्मको भुक्तानीमा मात्र चेक अनिवार्य थियो, तर अब उक्त सीमा आधा घटाइएको छ ।