नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच सम्झौता

अनलाइनसमय |
१७ पुष २०८२
नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं, १७ पुस । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा.लि.बीच बैंकका कर्मचारी तथा खातावाल ग्राहकलाई स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले नेशनल प्याथ ल्याबका विभिन्न शाखामा उपलब्ध प्याथोलोजी तथा स्वास्थ्य परीक्षण सेवामा उल्लेखनीय छुट प्राप्त गर्नेछन् ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र खातावाल ग्राहकले प्याथोलोजि ल्याबको विविध सेवा र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा १० प्रतिशत देखि ५० प्रतिशत भन्दा बढी छुट पाउनेछन् ।

सम्झौता पत्रमा पुस १४ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि को तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगर स्थित रहेका नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का प्याथ ल्याबहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस