१६.३३ प्रतिशतले घट्यो कार्पेट तथा गलैँचा निर्यात

अनलाइनसमय |
१३ पुष २०८२
१६.३३ प्रतिशतले घट्यो कार्पेट तथा गलैँचा निर्यात

काठमाडौं, १३ पुस । पछिल्लो एक वर्ष अवधिमा कार्पेट तथा गलैँचा निर्यात घटेको । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पाँच महिनामा नेपालले ४ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको कार्पेट तथा गलैँचा निर्यात गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १६ दशमलव ३३ प्रतिशते कम हो । गत आवको सोही अवधिमा ५ अर्ब ४८ करोड ३७ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको थियो ।

सबैभन्दा धेरै निर्यात अमेरिकामा भएको छ । चालू आवको मंसिरसम्ममा २ अर्ब ५८ करोड ७१ लाख रुपैयाँ बरबरको नेपाली कार्पेट तथा गलैँचा अमेरिका पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ८ दशमलव ७५ प्रतिशतले कम हो । गत आवको पहिलो पाँच महिनामा अमेरिकामा २ अर्ब ८३ करोड ५४ लाखको यस्तो वस्तु निर्यात गरिएको थियो ।

अमेरिकापछि २७ करोड ९६ लाख मुल्य बराबरको कार्पेट भारतमा निर्यात भएको छ । त्यस्तै, जर्मनीमा २४ करोड ६६ लाख रुपैयाँको, फ्रान्समा २२ करोड ७० लाखको, बेलायतमा २१ करोड २१ लाखको, इटालीमा १७ करोड ७८ लाखको र बेल्जियममा १० करोड ३७ लाख रुपैयाँ बराबरको कार्पेट तथा गैलैँचा निर्यात भएको छ ।

मंसिरसम्ममा ३२ करोड ४८ लाख रुपैयाँको यी वस्तु आयात गरिएको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस