८५ प्रतिशतले घट्यो लसुन आयात

अनलाइनसमय |
९ पुष २०८२
८५ प्रतिशतले घट्यो लसुन आयात

काठमाडौंं, ९ पुस । गत वर्ष ह्वात्तै बढेको लसुन आयात यस वर्ष भने घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पाँच महिनामा ८७ करोड ४ लाख मूल्य बराबरको ६ हजार ३०२ टन लसुन आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८४ दशमलव ८५ प्रतिशतले कम हो । गत आवको मंसिरसम्ममा ५ अर्ब ६४ करोड ७० लाख मूल्य बराबरको ४२ हजार १०३ टन लसुन आयात भएको थियो ।

यसको अघिल्लो वर्ष आव २०८०/८१ को पाँच महिनामा ७० करोड ७७ लाख रुपैयाँ बराबरको ५ हजार ३५१ मेट्रिक टन आयात भएको थियो ।

आयात भएका लसुनमध्ये अधिकाशं चिनियाँ रहेको छ । चीनबाट मात्रै जेठसम्ममा ७४ करोड ३६ लाख रुपैयाँ बराबरको ५ हजार ५७५ टन लसुन नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा चीनबाट ५ अर्ब ४६ करोड ३८ लाखको ४१ हजार ४३३ मेट्रिक टन लसुन आयात भएको थियो ।

त्यस्तै चालू आवको पाँच महिनामा नेपाले भारतबाट ९७ करोड मूल्य बराबरको ५५९ टन लसुन आयात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस