पाँच महिनामा सवा ८ अर्बको कफी, चिया र मसलाजन्य सामग्री निर्यात

अनलाइनसमय |
८ पुष २०८२
पाँच महिनामा सवा ८ अर्बको कफी, चिया र मसलाजन्य सामग्री निर्यात

काठमाडौं, ८ पुस । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पाँच महिनामा सवा ८ अर्ब रुपैयाँको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको साउनदेखि मंसिरसम्ममा ८ अर्ब १६ करोड १० लाख रुपैयाँ बराबरको ४ हजार ३५ मेट्रिक टन कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २० दशमलव ४६ प्रतिशतले बढी हो । गत आवको मंसिरसम्ममा ६ अर्ब ७७ करोड ४० लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

निर्यात हुने मसलाजन्य वस्तुमा अलैंची, कालो चिया र अदुवा सबैभन्दा धेरै रहेको छ । मंसिरसम्म्मा ५ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ बराबरको २ हजार ६२२ मेट्रिक टन अलैंची निर्यात भएको छ ।

यस्तै १ अर्ब ८८ करोड ४ लाख मूल्य बराबरको ६ हजार ५६४ मेट्रिक टन अन्य (कालो चिया) निर्यात भएको छ । ४४ करोड ४९ लाखको ६ हजार ८१८ मेट्रिक टन अदुवा र १४ करोड ९ लाख मूल्य बराबरको ६२ मेट्रिक टन ग्रिन टी निर्यात भएको छ । विभागका अनुसार ४ करोड २२ लाख बराबरको २१ मेट्रिक टन कफी निर्यात भएको छ ।

मंसिरसम्ममा ४ अर्ब ३५ करोड मूल्य बराबरको भने कफी, चिया र मसलाजन्य सामग्री आयात भएको छ । यी वस्तुको आयात गरेबापत सरकारले ९८ करोड पाँच लाख रुपैयाँ राजस्व उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस