काठमाडौं, ७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरले सभामुखको रुपमा भूमिका निर्वाह नगरेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत भएको बताएका हुन् ।
यस्तै उनले सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रुपमा कुर्सीमा देखेको टिप्पणी गरे । शाहीले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनी प्रश्न समेत गरे । बैठकमा प्रमुख प्रतिपक्ष दललगायतका अन्य प्रतिपक्ष दलहरुले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको उनको भनाई थियो ।
शाहीले भने, ‘हाम्रो नियमावलीमा स्पष्ट के छ भने कुनैपनि मन्त्रीपटी, कुनैपनि मान्छेपटी अगाडि फर्केर मर्यादापालकहरु बस्न मिल्दैन भन्ने हाम्रो नियमावलीमा स्पष्ट लेखेको छ । तर आज प्रधानमन्त्री र मन्त्रीहरुलाई मर्यादापालकले घेरेर राख्नुपर्ने जुन अवस्था भयो त्यो भएको हुनाले आज हामीले के देख्यौँ भने सभामुख देखेनौँ । जबकि हाम्रो उपस्थितिलाई सम्म त्यहाँ गणना गरिएको छैन । यसरी पनि गर्न मिल्छ ? यो कहाँको न्याय हो ?
साथै उनले प्रतिपक्ष दलहरुको साझा निष्कर्ष नै सभामुखको भूमिका सभाभुखको जस्तो नभएको रहेको बताए ।