नेपाल बैंक लिमिटेडको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा

अनलाइनसमय |
४ पुष २०८२
नेपाल बैंक लिमिटेडको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा

काठमाडौं, ४ मंसिर । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक F1 Soft tnternational pvt.ltd को सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागु हुनेगरी ‘टप अप गरौं बोनस पाऔं’अभियान सञ्चालन गरेको छ ।

सो अभियान अवधिभर दुई सय वा सो भन्दा माथिको रकम बैंकको मोबाइल बैंकिङ एपमार्फत टप अप गर्ने ८० जनालाई एक सयका दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।

यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।

हाल देशभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ । करिब १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैकिङ सेवा लिई लाभान्वित हुँदै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस