कृषि क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण, पाँच महिनामा २१.८८ अर्ब लगानी प्रतिबद्धता

अनलाइनसमय |
२ पुष २०८२
कृषि क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण, पाँच महिनामा २१.८८ अर्ब लगानी प्रतिबद्धता

काठमाडौं, २ पुस । पछिल्लो समय वैदेशिक लगानीकर्ताको आकर्षण कृषि क्षेत्रमा देखिएको छ । उद्योग विभागका तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव)को पाँच महिनामा आएको कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आधाभन्दा धेरै कृषि क्षेत्रमा छ ।

विभागका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा कृषि क्षेत्रका १३ उद्योगका लागि २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जुन कल वैदेशिक लगानीको ५६ दशमलव ७० प्रतिशत हो । प्रतिशत हो । चालू आवको मंसिरसम्ममा ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको छ, यो लगानी ४३८ उद्योगका लागि आएको हो ।

गत आवको मंसिरको तुलनामा समेत कृषि क्षेत्रमा आएको यस्तो प्रतिबद्धता ३ हजार १६२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिसम्ममा विदेशी लगानीकर्ताले कृषि क्षेत्रमा ६७ करोड १० लाख रुपैयाँ मात्रै प्रतिबद्धता जनाएका थिए ।

कुन क्षेत्रमा कति आयो वैदेशिक लगानी :


सोत : उद्योग विभाग

कृषिपछि पर्यटन क्षेत्रमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै १३५ उद्योगका लागि १० अर्ब १२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, सेवा क्षेत्रमा २८ उद्योगका लागि ३ अर्ब ३८ करोड रुपैयाँको लगानी प्रस्ताव भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

चालू आवको मंसिरसम्मका लागि ४२३ वटा साना, ८ वटा मझौला र ७ वटा ठूला उद्योगका लागि लगानी प्रस्ताव आएको छ । यी उद्योग स्थापना भए ३३ हजार ८१४ जनाले रोजगारी पाउने अनुमान छ ।

सो अवधिमा रोयल्टीबापत १ अर्ब ६२ करोड ६७ लाख ३१ हजार रुपैयाँ फिर्ता लैजान विभागले स्विकृती दिएको छ । विभागका अनुसार ६ लाख ४० हजार २३६ अमेरिकी डलर र १५ करोड ३३ लाख ५१ हजार ६८१ भारु (भारतीय रुपैयाँ) लैजाने स्वीकृत पाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस