छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

अनलाइनसमय |
१ पुष २०८२
छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, १ पुस । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंसिर २९ (सोमबार) बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसमध्ये १२.५ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस