casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कम्बोडियासँगको तनावबीच थाइल्यान्डका प्रधानमन्त्रीले गरे संसद् विघटन

अनलाइनसमय |
२६ मंसिर २०८२
कम्बोडियासँगको तनावबीच थाइल्यान्डका प्रधानमन्त्रीले गरे संसद् विघटन

काठमाडौं, २६ मंसिर । थाइल्यान्डका प्रधानमन्त्री अनुपिन चान्र्भिराकुलले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका छन् । पछिल्लो एक सातादेखि कम्बोडियासँग सीमामा भइरहेको झडपपछि उत्पन्न राजनीतिक अस्थिरताबीच उनले संसद विघटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था ’बिबिसी’ का अनुसार उनले ४५ देखि ६० दिनभित्र निर्वाचन गर्ने बताएका छन् ।

शुक्रबार जारी राजकीय आदेशअनुसार प्रधानमन्त्री अनुपिनले सीमामा भएको घातक विवादलगायत सरकारका विभिन्न चुनौतीहरू समाधान गर्न संसद् विघटन गर्नुपरेको बताए। तीन महिनाअघि गठन भएको उनको अल्पमत सरकारले यी समस्याहरू नियन्त्रण गर्न नसकेको आरोप लाग्दै आएको थियो ।

‘उचित समाधान भनेको संसद् विघटन गर्नु हो, जसले राजनीतिक शक्ति जनतामा फिर्ता ल्याउने मार्ग खोल्छ,’ उनले भने ।
व्यवसायी समेत रहेका अनुपिन अगस्त २०२३ यताका थाइल्यान्डका तेस्रो प्रधानमन्त्री हुन् । सेप्टेम्बरमा सत्ता सम्हाल्दा उनले जनवरीको अन्त्यसम्म संसद् विघटन गर्ने बताएका थिए ।

अहिले अविश्वास प्रस्ताव सामना गर्दै उनले चुनाव मिति अझ अघि सारेका छन् । गत महिनामा थाइल्यान्डको दक्षिणी क्षेत्रमा आएको भीषण बाढी व्यवस्थापन गर्न नसकेकामा उनको सरकारले आलोचना खेप्नुपरेको थियो । बाढीका कारण कम्तीमा १७६ जनाको मृत्यु भएको थियो ।

संसद् विघटनको निर्णय भने थाइल्यान्ड–कम्बोडिया सीमा क्षेत्रमा फेरि सुरु भएको भिडन्तकै बीच आएको हो । यहाँ कम्तीमा २० जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् ।

राजकीय आदेशमा अनुपिनले लेखेका छन्, ‘सरकारले देशमा बढ्दै गएका समस्या छिटो समाधान गर्न सबै प्रयास ग¥यो । तर देश सञ्चालन गर्न राजनीतिक स्थिरता अनिवार्य हुन्छ ।’ उक्त आदेश थाइल्यान्डका राजा महा वजिरालोङ्कोर्नले अनुमति दिएका थिए ।

उनले थप लेखे, ‘अल्पमत सरकार र आन्तरिक राजनीतिक तनावका कारण सार्वजनिक प्रशासनलाई निरन्तर, प्रभावकारी र स्थिर रूपमा अघि बढाउन सकिएन ।’

थाइल्यान्ड गत एक वर्षदेखि राजनीतिक अस्थिरतामा छ । यस अवधिमा दुई प्रधानमन्त्री अदालतले पदमुक्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun