प्रतिनिधि सभाको बैठक २ बजेका लागि सर्‍यो

अनलाइनसमय |
६ जेठ २०८१
प्रतिनिधि सभाको बैठक २ बजेका लागि सर्‍यो

काठमाडौं, ६ जेठ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएपछि सारिएको हो ।

संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ ।

संसदीय समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बसिरहेको छ ।

उक्त समितिले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाएपछि आइतबार प्रतिनिधिसभाको बैठक बस्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस