casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एलन मस्कलाई टेस्लाबाट १ ट्रिलियन डलर बराबरको तलब प्याकेज स्वीकृत

अनलाइनसमय |
२१ कार्तिक २०८२
एलन मस्कलाई टेस्लाबाट १ ट्रिलियन डलर बराबरको तलब प्याकेज स्वीकृत

काठमाडौं, २१ कात्तिक । टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका सेयरधनीहरूले करिब १ ट्रिलियन डलर बराबरको अभूतपूर्व तलब प्याकेज स्वीकृत गरेका छन् । यो निर्णय टेस्लाको वार्षिक आमसभामा ७५ प्रतिशत सेयरधनीको समर्थनमा पारित भएको हो । निर्णयपछि हलभर मस्कको नाममा ताली र जयजयकार गुञ्जिएको बीबीसीले उल्लेख गरेको छ ।

मस्क विश्वकै धनी व्यक्ति हुन् । यो नयाँ सम्झौता अनुसार उनले १० वर्षभित्र टेस्लाको बजार मूल्य अत्यधिक बढाउनुपर्नेछ । यदि उनले लक्ष्य पूरा गरे भने करोडौं नयाँ सेयर पुरस्कारस्वरूप दिइनेछ ।

तर यति ठूलो रकमको तलब योजनाप्रति केही आलोचना पनि भएको छ । बोर्डका सदस्यहरूले भनेका छन्, ‘यदि यो प्याकेज अस्वीकृत भयो भने मस्क कम्पनी छोड्न सक्छन्, जुन टेस्लाका लागि ठूलो घाटा हुनेछ ।’

निर्णय सार्वजनिक भएपछि मस्कले टेक्सासको अष्टिनमा आयोजित कार्यक्रम मंचमा नाच्दै समर्थकहरूलाई धन्यवाद दिएका थिए । उनले भने, ‘यो टेस्लाको भविष्यको नयाँ अध्याय मात्र होइन, नयाँ पुस्तक हो ।’

मस्कले पूरा गर्नुपर्ने प्रमुख लक्ष्यहरूमा समावेश छन् :
-टेस्लाको बजार मूल्य अहिलेको १.४ ट्रिलियन डलरबाट ८.५ ट्रिलियन डलरसम्म पु¥याउने,
-१० लाख ‘रोबोट्याक्सी’ (स्वचालित ट्याक्सी) बजारमा उतार्ने ।

तर विश्लेषकहरूका अनुसार मस्क अहिले गाडीभन्दा पनि ‘अप्टिमस’ नामक मानवकृति रोबोट परियोजनामा बढी ध्यान दिइरहेका छन् ।

नियामक जाँच र बजार अवस्था
टेस्लाको पूर्ण स्वचालित ड्राइभिङ प्रणाली अहिले लगभग तयार भएको मस्कले कार्यक्रममा भनेका छन् । तर कयौं दुर्घटना र ट्राफिक उल्लंघनका घटनाका कारण अमेरिकामा नियामक निकायहरूले यस प्रणालीको अनुसन्धान पनि गरिरहेका छन् ।

टेस्लाको सेयर मूल्य पछिल्ला ६ महिनामा ६२% ले बढेको छ, यद्यपि बिक्रीमा गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun